लुम्बिनी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

लुम्बिनी आयुर्वेद चिकित्सालय

बुटवल, रुपन्देही

लुम्बिनी आयुर्वेद चिकित्सालय प्रदेश सरकार अन्तरगत लुम्बिनी प्रदेशको मातहतमा रुपन्देही जिल्ला, बुटवल नगरपालिका वडा नं ११, देवीनगरमा अवस्थित छ । यो कार्यालय २०४३ सालमा लुम्बिनी आयुर्वेद औषधालयको नाममा स्थापना भएको थियो भने २०७५ सालमा लुम्बिनी प्रदेश सरकारले यसको नाम परिवर्तन गरी लुम्बिनी आयुर्वेद चिकित्सालयको नाममा नामकरण गरेको छ । यो कार्यालय गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपुर, नवलपरासी, कपिलवस्तु, प्युठान तथा स्याङ्गजा जिल्लाको पायक पर्ने पश्चिम नेपालकै ठुलो सहर बुटवलमा रहेको हुँदा बहुसङ्ख्यक बिरामीहरूलाई आयुर्वेद चिकित्सा प्रणालीबाट सेवा प्रदान गर्दै आईरहेक छ ।